29 नम्बर वार्डमा नागरिक अधिवेशनको आयोजना

सिलगढी : सिलगढी नगरनिगमको 29 नम्बर वार्ड कमिटी एवम् सफाई विभागको संयुक्त पहलमा सिलगढी इन्डोर स्टेडियममा नागरिक अधिवेशनको आयोजना गरियो। नागरिक अधिवेशनको माध्यमद्वारा वार्डको विभिन्न कार्यहरूको लागि खतियान प्रदान गर्नको साथै वार्डलाई सफा-सुग्घर राख्ने उद्देश्य लिएर कार्यक्रममा उपस्थित सबैलाई सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यको बाहुलीबाट डस्बिन पनि वितरण गरियो। यस अवसरमा मेयर अशोक भट्टाचार्य, डेपुटी मेयर राम भजन महतो, वार्ड काउन्सिलर शरदिन्दु चक्रवर्तीलगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *