2 करोडको नशालु पदार्थसहित दुई पक्राउ

जलपाईगढी : जलपाईगढी कोतवाली थाना पुलिसले धेरै मात्रामा नशालु पदार्थसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा पुलिसले आज अपरान्ह जलपाईगढीको गोशालमोड इलाकामा मणिपुरको इम्फालबाट आइरहेको एउटा ट्रकमा छानबीन गर्दा 45 केजी अफिम, 1 केजी ब्राउन सुगरलगायत 10 केजी गाँजा उद्धार गरेको बताइएको छ। जफत गरेको नशालु पदार्थको अनुमानित बजार मूल्य 2 करोड रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *