2 करोड़को सगुनको काठसहित 8 जना पक्राउ

राजगञ्ज : बैकुण्ठपुर वन विभाग अन्तर्गत उत्तर बङ्गाल स्पेशल टास्क फोर्सको बेलाकोबा रेञ्ज अधिकारी सञ्जय दत्ता अनि तिनको टीमले गोप्य सूचनाको आधारमा बुधबार बिहान फुलबारी इलाका नजिकबाट एउटा अभियान चलाएर अनुमानित 2 करोड़को सगुनको काठ उद्धार गरेको छ। यसको साथै यस घटनामा 8 जना व्यक्तिलाई पक्राउ गरिएको छ। जफत गरिएको उक्त काठ नागाल्याण्डबाट कोलकाता ल्याइरहेको बताइएको छ। पक्राउ गरिएको व्यक्तिहरूलाई बिहिबार जलपाईगढी अदालतमा पेश गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *