2 करोड़ रुपियाँ ठगेको आरोपमा मुम्बई पुलिसद्वारा सिलगढीबाट दुईजना पक्राउ

सिलगढी: 2 करोड रुपियाँ ठगेको आरोपमा मुम्बई पुलिसले सिलगढीबाट दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू अश्विन पटेल र राम कुमार सुरत र राजस्थान निवासी हुन्। प्राप्त जानकारीअनुसार मुम्बईमा केही मानिसहरू मिलेर एउटा नकली संस्था खोलेका थिए भने उक्त संस्थामा एकजना व्यक्तिले 2 करोड़ रुपियाँ नगद राशि दिएका थिए। यसपछि पक्रा परेका आरोपीहरूले उक्त रुपियाँ बढ़ाउने वाचा गरेका थिए। घटनाको जाँचमा जुटेका मुम्बई पुलिसले यस घटनाको सिलसिलामा अन्य 6 जना व्यक्तिलाई पनि पक्राउ गरेको थियो भने यी दुईजना खोजी गरिरहेको थियो। यी दुई आरोपी मुम्बईबाट भागेर कोलकाता हुँदै सिलगढी आएपछि यहाँको विधान रोडस्थित एउटा होटल भाँडामा लिएका थिए। यसको खबर पाएपछि गत राति सिलगढी पुलिस तथा पानीट्याङ्की आउटपोस्ट पुलिसको सहयोगमा मुम्बई पुलिसको एउटा टोलीले उक्त होटलमा छापामार अभियान चलाएर ती दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुई आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा मुम्बई लैजाने भएको छ। मुम्बई पुलिसका एकजना अधिकारीले पक्रा परेका आरोपीहरूसित केही अन्य व्यक्तिहरू मिलेर एकजना व्यक्तिबाट 2 करोड़ रुपियाँ लिएका थिए। यसपछि तिनीहरूले आफ्नो अफिस बन्द गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले अगावै 6 जना व्यक्तिलाई पक्राउ गरेको थियो भने यी दुईजना भागेका थिए भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *