2 जना दिव्याङ्गलाई व्हिलचेयर प्रदान  

खोरीबारी :  खोरीबारी ब्लक युवा तृणमूल कङ्ग्रेस कमिटीले दुईजना दिव्याङ्गलाई व्हिलचेयर प्रदान गर्यो। खोरीबारी ब्लक युवा तृणमूल कङ्ग्रेस कमिटीका सभापति किशोरी मोहन सिंहको नेतृत्वमा आज यहाँको हात्तीडोबा निवासी विनय भादुरी र गुवाबारी निवासी तन्मय सिंहलाई व्हिलचेयर प्रदान गरियो। यस अवसरमा बुढागञ्ज अञ्चल युवा तृणमूल कङ्ग्रेस सदस्य लगायत स्थानीय पञ्चायत समितिका सदस्यहरू उपस्थित थिए।


युवा सभापति किशोरी मोहनले भने, 2022-23 साल भित्रमा खोरीबारी क्षेत्रमा 50 भन्दा अधिक व्हिलचेयर वितरण कार्यक्रम गरिनेछ भने हालसम्म 20 वटा व्हिलचेयर प्रदान गरिसकेको छ। सिलगढीका समाजसेवी बापन विश्वासको सहयोगमा आज 2 वटा व्हिलचेयर प्रदान गरियो। यसको साथै दिव्याङ्गहरूलाई मानविक परियोजनाको सुविधा प्रदान लगायत सबै प्रकारको सहयोग गरिने तिनले बताए। अर्कोतिर, व्हिलचेयर पाएपछि दिव्याङ्ग विनय र तन्मय निक्कै खुसी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *