2 महिनाअघिको बुलेरो चोरी मामिलामा 2 जना पक्राउ

सिलगढी : वाहन चोरी भएको 2 महिनापछि फाँसीदेवा पुलिसले 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा फाँसीदेवा निवासी शेखर साहा र एमडी बिलाल सामेल छन्। गत 2 महिनाअघि फाँसीदेवा थाना अन्तर्गत इलाकाबाट रातिको समय शेखर र बिलालले एउटा बुलेरो वाहन चोरी गरेका थिए। वाहन मालिकले यसबारे फाँसीदेवा थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले शेखर र बिलाल नाम गरेको व्यक्तिले बुलेरो चोरी गरेर डुवर्स इलाकामा बिक्री गरेको थाहा पाए। यसपछि पुलिसले ती दुई आरोपीलाई पक्रने प्रयास गरे तापनि तिनीहरूले सुइँकुच्चा ठोकेको बताइएको छ। गोप्य सूचनाको आधारमा पुलिसले हिजो राति आरोपी दुईजना व्यक्तिलाई फाँसीदेवा इलाकाबाट पक्राउ गरे। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *