2 नम्बर वार्डमा तृणमूलले मतदाताहरूलाई प्रभावित गरेको भाजपाको आरोप

सिलगढी : सिलगढी नगरनिगम चुनाउको लागि मतदान शुरू हुने बित्तिकै 2 नम्बर वार्डमा तृणमूल कङ्ग्रेसले मतदाताहरूलाई प्रभावित गरेको भाजपाले आरोप लगाएको छ। भाजपाको आरोप अनुसार 2 नम्बर वार्डको विद्यासागर प्राइमेरी मतदान केन्द्रमा तृणमूल कङ्ग्रेसले मतदान गर्न गएका मतदाताहरूलाई आफ्नो प्रार्थीलाई मतदान गर्न प्रभावित गरिरहेको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा ल्यायो। अर्कोतिर, तृणमूल कङ्ग्रेसका उम्मेद्वार गार्गी च्याटर्जीले भाजपाले झुटो आरोप लगाएको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *