2 सयजना तृणमूल कांग्रेसमा सामेल

अलिपुरद्वार : मदारीहाट वीरपाड़ा ब्लकको वीरपाड़ा एसटी सरना क्लबमा तृणमूल कांग्रेसको तर्फबाट आज एउटा सभाको आयोजना गरियो। उक्त सभामा लगभग 2 सयजना मानिसहरू अन्य पार्टी त्यागेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। आज तृणमूल कांग्रेसका जिल्ला अध्यक्ष मृदुल गोस्वामी तथा जिल्ला परिषदका मेन्टर मोहन शर्माले ती नयाँ सदस्यहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा जिल्ला कोर कमिटीका सदस्य पञ्कज दास, ब्लक अध्यक्ष सञ्जीव दत्त, श्रमिक नेता मन्नालाल जैनलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *