2 सुत्रीय मागमा भाजपाद्वारा विद्युत विभागमा ज्ञापन

सिलगढी : सिलगढी सहरभरिमै लगातार लोडसेडिङ हुने गरेकोले गर्मीको समयमा मानिसहरूलाई धेरै असुविधा भइरहेको आरोप लगाउँदै भाजपा 4 नम्बर मण्डलका सदस्यहरूले आज 2 सुत्रीय मागलाई लिएर सिलगढी डाबग्राम विद्युत विभागमा ज्ञापन पत्र चढायो। भाजपा 4 नम्बर मण्डलका सदस्यहरूले बताएअनुसार हाल लगातार लोडसेडिङ भइरहेको छ। यसबाहेक अन्य राज्यको तुलनमा पश्चिम बङ्गालमा बिजुलीको बिल अधिक रहेकोले गर्दा नै आज ज्ञापन पत्र चढाएको हो। विद्युत् विभागका उच्च अधिकारीलाई यसबारे जानकारी गराउने बारे आफूहरूलाई आश्वासन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *