2 वटा हात्तीको दाँत सहित 3 जना पक्राउ

राजगञ्ज : बेलाकोवा रेञ्जका वनकर्मीहरूले तस्करी गर्न अगावै दुईवटा हात्तीको दाँतसहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले जयनाल रहमान, आरसाद मियाँ र मोजामिल हक सामेल छन्। प्राप्त जानकारी अनुसार हात्तीको दाँत सिलगढी हुँदै अन्य राज्यमा तस्करी गर्ने उद्देश्यले लगिरहेको बेलाकोवा रेञ्ज कार्यालयले गोप्य सुइँको पाएपछि रेञ्ज अधिकारी सञ्जय दत्तको नेतृत्वमा वन कर्मीहरूले अभियान चलाएर ओदलाबारी रेलगेट संलग्न इलाकामा एउटा वाहनलाई रोकेर छानबीन गर्दा दुईवटा हात्तीको दाँत उद्धार भएको बताइएको छ।


यसको साथै उक्त मामिलामा 3 जना व्यक्तिलाई पक्राउ गरिएको छ। उद्धार गरेको दुईवटा हात्तीको दाँतको ओजन लगभग 2 केजी रहेको छ भने उक्त हात्तीको दाँत अलिपुरद्वारबाट सिलगढीमा बिक्री गर्ने उद्देश्य लगिरहेको पक्रा पर्ने आरोपीहरूले वन अधिकारीसमक्ष स्वीकारे। पक्रा परेका 3 जना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *