3 महिनापछि आजदेखि खोलियो जलदापाडा राष्ट्रिय उद्यान औ बक्सा ब्याघ्र प्रकल्प

अलिपुरद्वार : जलदापाडा राष्ट्रिय उद्यान औ बक्सा ब्याघ्र प्रकल्प 3 महिना बन्द रहेपछि आजदेखि पर्यटकहरूको लागि खोलिदिएको छ। जलदापाडामा आजदेखि जङ्गल सफारी र हात्ती सफारी शुरू भएको छ। यस वर्ष जलदापाडा वन लगायत विभिन्न वनमा पर्यटकहरूको लागि प्रवेश शुल्क बढाइएको छ। हात्ती सफारीको खर्च बढेकोले गर्दा पर्यटनमा प्रभाव पर्न सक्ने धेरैजनाले आशंका व्यक्त गरेका छन्। अर्कोतिर, आजदेखि नै बक्सा ब्याघ्र प्रकल्पमा जङ्गल सफारी शुरू भएको छ। बक्सा ब्याघ्र प्रकल्पमा पनि प्रवेश शुल्क बढाइएको छ। पहिला प्रत्येक व्यक्ति 120 रुपियाँ थियो भने हाल प्रवेश शुल्क बढेर 160 रुपियाँ भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *