300 ग्राम ब्राउन सुगर सहित चारजना पक्राउ

सिलगढी: स्पेशल अपरेसन्स ग्रुप (एसओजी) को टीमले 300 ग्राम ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सौरव राय, राजु मोहम्मद, कौस्तभ तलापात्रा र अलीको रूपमा चिन्हित गरिएको छ। आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। एसओजी सूत्रले दिएको जानकारी अनुसार सिलगढी थाना अन्तर्गत झंकार मोड़स्थित मर्डन बोइज क्लब नजिक अभियान चलाएर ब्राउन सुगर बेच्नको लागि भेला भएका चारजना बदमाशलाई पक्राउ गरेको छ। तिनीहरूबाट 300 ग्राम ब्राउन सुगर उद्धार गरिएको छ। उद्धार गरिएको ब्राउन सुगरको अनुमानित मूल्य लाख रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *