300 ग्राम ब्राउन सुगरसहित 2 जना पक्राउ

सिलगढी : पुलिसको स्पेसल अपरेसन ग्रुप (एसओजी)-ले 300 ग्राम ब्राउन सुगरसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले हलबदिलसाद खान र मोहम्मद इस्लाम सामेल छन्। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एसओजी-का अधिकारीहरूले गत राति मतिगढाको खप्रेल मोड संलग्न इलाकामा अभियान चलाएर दुईजना व्यक्तिलाई पक्राउ गरेर छानबीन गर्दा 300 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। एसओजी सूत्रले दिएको जानकारीअनुसार जफत गरेको 300 ग्राम ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग 60 लाख रुपियाँ रहेको छ भने उक्त ब्राउन सुगर दालखोलाबाट ल्याइएको थियो। पक्रा परेका दुईजना आरोपीलाई मतिगढा थाना पुलिसलाई सुम्पेपछि आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes