30 करोड़को सर्पको विषसहित एक जना पक्राउ

घोषपुकुर (निसं): घोषपुकुर वन विभागले तस्करी गर्न अगावै लगभग 30 करोड़ रूपियाँ मूल्यको सर्पको विष सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूत्रको आधारमा वनकर्मीहरूले 31 नम्बर राष्ट्रीय राजमार्गमा महानन्दा नदी पुलमा अभियान चलाएर एउटा बाइकलाई रोकेर छानबिन गर्दा जारमा रहेको सर्पको विष उद्दार गरेको छ। वन विभाग अनुसार सर्पको विष म्यांमार-बङ्ग्लादेशको बाटो भएर भारतबाट नेपालमा तस्करी गर्ने योजना रहेको थियो। यस सम्बन्धमा  वन विभारका रेञ्जर सोनम भुटियाले बताए अनुसार उक्त घटनामा उत्तर दिनाजपुरका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। सम्पूर्ण घटनाको जाँच सुरू गरेको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *