30 जना कोरोना संक्रमित निको भएपछि अस्पतालबाट छुट्टी

सिलगढी : कोरोना पीडत 30 जना रोगीहरू आज अस्पतालबाट छुट्टी भएर आफ्नो घर फर्केका छन्। यीमध्ये कुचबिहारका 29 र दार्जिलिङ जिल्लाका 1 जना रोगी आज स्वस्थ्य भएपछि अस्पतालबाट छुट्टी दिएको दार्जिलिङ जिल्लाशासक एस पन्नमबलमले बताए। केही दिन अघि कुचबिहारका 32 जना मानिसहरू कोरोना संक्रमित रहेको पुष्टि भएपछि तिनीहरूलाई मतिगढा कोभिड अस्पतालमा भर्ना गरिएको थियो। तीमध्ये 29 जना मानिसहरू स्वस्थ्य भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *