30 जुलाईसम्म आंशिक लकडाउन जारी

आगामी 30 जुलाईसम्म राज्यमा आंशिक लकडाउन जारी रहनेछ। तथापि, यस अवधि केही छुटहरू दिइएको छ। आज कोलकाता नवान्नको तर्फबाट एउटा विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको छ। लोकल ट्रेन, स्कुल-कलेज तथा सिनेमा हलहरू बन्द रहनेछ भने बिहान 6 देखि 10 बजीसम्म स्वीमिङ पुल खुल्ला रहने भएको छ। साधारण मानिसहरूको सुविधाको लागि 50 प्रतिशत यात्रुहरूको साथमा हप्तामा 5 दिन मेट्रो परिसेवा चल्नेछ। नयाँ जारी गरेको निर्देश अनुसार आगामी 16 जुलाईदेखि राज्यका सबै दोकान र बजारहरू खोल्ने तथा बन्द गर्ने सटीक समयसीमा तोकिएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *