30 लाख रूपियाँको गाँजा सहित दुईजना तस्कर पक्राउ

सिलगढी: सिलगढीको एनजेपी थाना पुलिसले 30 लाख रूपियाँको गाँजा सहित दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा कनक बर्मन र दिलीप बर्मन सामेल छन्। दुवै कोचबिहार निवासी रहेको बताइएको छ। दुवै तस्करलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा गत राति फुलबाडी इलाकामा अभियान चलाइयो। यस अवधि कोचबिहारबाट आइरहेको एउटा पिकअप भ्यानलाई रोकेर छानबिन गर्दा वाहनबाट 210 किलेग्राम गाँजा उद्धार गरियो। यसपछि पुलिसले कार्वाही गर्दै पिकअप भ्यानमा सवार दुवै तस्करलाई पक्राउ गरियो। जफत गरेको गाँजाको मूल्य लगभग 30 लाख रूपियाँ रहेको बताइएको छ। तस्करहरूले पुलिसलाई दिएको जानकारी अनुसार उक्त गाँजा बिहार लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *