30 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ सहित 2 जना पक्राउ

राजगञ्ज : बेलाकोवा रेञ्जका वनकर्मीहरूले लाखौँ रुपियाँको बर्मा टीक काठ सहित 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू हरियाणा निवासी तासलिम मोहम्मद र जाहिद मोहम्मदको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान गोप्य सूचनाको आधारमा बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वन कर्मीहरूले सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको फाटापुकुर इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 30 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गरेको बताइएको छ। घटनामा ट्रक चालक र खलासीलाई पक्राउ गरिएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार कोइलाले भरेको बोराको आडमा बर्मा टीक काठ असमबाट कोलकाता तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका आरोपीहरूलाई भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *