30 परिवार गोर्खा जनमुक्ति मोर्चामा सामेल

सुकेपोखरी : गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको नागरी धजे समष्टि बुथ नम्बर 300 धजे रानीवनबाट भानु राई र उमेश खवासको नेतृत्वमा 30 परिवार गोरामुमो समर्थकहरू गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। पार्टीको केन्द्रिय कार्यालयमा सम्पन्न सभामा पार्टीमा सामेल हुने समर्थकहरूलाई स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरियो । सभामा मोर्चा केन्द्रिय अध्यक्ष विनय तामाङ, महकुमा अध्यक्ष आलोक कान्तमणि थुलुङ, युवा मोर्चा केन्द्रिय अध्यक्ष अमृत योञ्जन, नागरी धजे समष्टि अध्यक्ष अञ्जुल चौहान, सचिव किशोर छेत्री, बुथ कमिटी पदाधिकारी आदिको उपस्थिति रहेको थियो। गोरामुमो समर्थकहरूलाई गोजमुमोमा सामेल गराउने यस अभियानमा महकुमा समितिका योगेन प्रधान तथा अश्विन स्याङदेनको विशेष भूमिका रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *