30 वटा सुनको बिस्कुटसहित दुईजना पक्राउ

सिलगढी : डीआरआईले गोप्य सूचनाको आधारमा अभियान चलाएर लगभग 5  किलो सुनसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू मणिपुर निवासी क्रमैले इस्लामुद्दीन र रफीक खानको रूपमा सामेल छन्। डीआरआईले  तस्करीहरूबाट 4 किलो 980 ग्राम सुन उद्धार गरेको छ जसको बजार मूल्य 2 करोड़ 62 लाख 40 हजार रुपियाँ रहेको बातइएको छ। यसको साथै डीआरआईले एउटा ट्रक पनि जफत गरेको छ। डीआरआईले आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरेपछि न्यायिक हिरासतमा पठाएको छ।


आगामी 11 सेप्टेम्बरमा फेरि यस मामिलामा सुनवाई गरिने भएको छ। डीआरआईले दिएको जानकारीअनुसार फुलबारीको घोषपुकुर नजिक विशेष अभियान चलाएर इन्डो-म्यान्मारबाट बिहारतर्फ गइरहेको असम नम्बर भएको सीमेन्ट बोकेको एउटा ट्रकलाई सन्देह लागेर छानबीन गर्दा उक्त ट्रकको क्याबीनबाट सुनको मोठ 30 पीस बिस्कुट उद्धार गरेको बताइएको छ। यसपछि ट्रक चालक  र खलासीलाई पक्राउ गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *