31 अगस्तसम्म सुकेपोखरी बजार 1 बजीसम्म खोलिने

सुकेपोखरी : सुकेपोखरी व्यापारी सङ्गठनको पहलमा सुके पोखरीको 16 वटा संघ-संस्थालाई लिएर एउटा सभा सम्पन्न भयो। रंगशाला भवनमा सम्पन्न सभामा सामाजिक दूरी पालन गरिएको थियो। सभामा हाल सुके बजारमा फास्ट रेपिड टेस्टमा कोरोना संक्रमित भेटाइएको घटनालाई लिएर के कस्तो कदम चाल्न पर्ने हो भन्नेबारे चर्चा गर्नको साथै संक्रमित व्यक्तिहरूको अविलम्ब स्वाब टेस्ट गराउनु पर्नेबारे पनि छलफल भयो। यसबारे खण्ड विकास अधिकारीलाई अवगत गराएपछि तिनले उचित पहल गरिदिने आश्वासन दिएका छन्। सभामा सबैको सहमतिमा सुकेपोखरी बजारलाई 1 बजीसम्म खोलिने क्रमलाई आगामी 31 अगस्तसम्म यथावत् राख्ने निर्णय लिएको छ। यसको साथै सबै व्यापारीहरूले आफ्नो दोकान अघि सामाजिक दूरी पालन गर्ने, माक्स, सेनिटाइजर प्रयोग गर्ने सबैसित अपील गरेको खड़की डाँड़ा एकता समाजका सभापति लाक्पा शेर्पाले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *