31 मार्चसम्म राज्यको सबै ठाउँमा लक डाउन गर्ने मुख्यमन्त्रीको निर्देश

कोलकाता: आगामी 31 मार्चसम्म सम्पूर्ण राज्यभरिमा लक डाउन गर्ने निर्देश दिएको छ। आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पत्रकार सम्मेलनको आयोजना गरेर गाउँ, शहर सबै ठाउँहरूमा लकडाउन पूर्ण रूपले पालन गर्ने घोषणा गरिन्। यसको साथै मुख्यमन्त्रीले राज्यका सबै मानिसहरूसित कोरोना बाइरसको संक्रमणबाट बाँच्नको लागि यस लक डाउनलाई सफल पारिदिने अपिल गरे। स्मरण रहोस, यसभन्दा अघिसम्म राज्यका सबै नगर निगम तथा नगरपालिकास्थित शहरहरूमा मात्र लक डाउन गर्ने निर्देश जारी गरेको थियो। तर अब यस लक डाउनलाई आजदेखि सम्पूर्ण पश्मिच बंगालमा लागू गरिने निर्देश दिएको छ। आज 5 बजीदेखि राज्यभरिको सबै ठाउँहरूमा लक डाउन सुरू हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *