31 मार्चसम्म रेलवे विभागले रद्द गर्‍यो सबै प्यासेन्जर ट्रेनहरू

कोरोना भाइरसको सङ्क्रमणले हालसम्म भारतमा 6 जनाको मृत्यु भइसकेको छ। यसको साथै कोरोना भाइरसले सङ्क्रमित मानिसहरूको सङ्ख्या 3 सयभन्दा अधिक पुगिसकेकोले गर्दा परिस्थितिलाई ध्यानमा राखेर रेलवे विभागले आगामी 31 मार्चसम्म सबै रेलवे परिसेवा बन्द राख्ने निर्णय लिएको छ। रेल मन्त्रालय र प्रेस इन्फरमेशन ब्युरोले दिएको जानकारीअनुसार आगामी 31 मार्चसम्म मेल, एक्सप्रेस, प्यासेन्जर, लोकल लगायत समस्त ट्रेन परिसेवा बन्द रहनेछ। यसको साथै आज मध्य रातिदेखि कोलकाता मेट्रो परिसेवा पनि बन्द रहने भएको छ। तथापि, आज प्रधानमन्त्री नरेन्द्र मोदीको अपीलमा देशभरि नै पालन गरिरहेको जनता कर्फ्यू अवधि समस्त प्यासेन्जर ट्रेन बन्द गरिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.