32 किलो गाँजा सहित मिथुन गोवाल पक्राउ

सिलगढी:  एनजेपी थानाको पुलिसले सादा पोसाकमा अभियान चलाएर 32 किलो गाँजासहित मिथुन गोवाल नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार जलपाईगढीबाट गाँजा ल्याएर बिहार गइरहेको समयमा एनजेपी थाना पुलिसले सादा पोशाकमा तिनलाई जियागंजबाट 32 किलो गाँजासहित पक्राउ गरेको हो। यसको साथै अवैध कार्यमा प्रयोग गर्ने तिनको मोटर साइकल पनि पुलिसले जफत गरेको छ। आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेका आरोपी मिथुन गोवाल विरूद्ध आग्नेयास्त्र, डकैती, छिनताई साथै नशालु पदार्थहरूको बिक्री गर्ने गरेको आरोप रहेको बताइएको छ। सिलगढी, जलपाईगढी सहित दक्षिण बंगालमा समेत पुलिसले तिनको खोजी गरिरहेको थियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *