32 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेस-द्वारा एनजेपी थानामा ज्ञापन

सिलगढी : माध्यमिक तथा उच्च माध्यमिक परीक्षा कुनै बाधा बिनै सम्पन्न गराउने माग गर्दा 32 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसले आज एनजेपी थानामा एउटा ज्ञापन पत्र चढायो। सिलगढीको 32 नम्बर वार्डका काउन्सिलर तथा तृणमूल युवा नेता तापस च्याटर्जीको नेतृत्वमा आज एनजेपी थानामा ज्ञापन पत्र चढाइयो। 32 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसको तर्फबाट सौरभ नाथले बताएअनुसार माध्यमिक परीक्षाको लागि अन्य स्कुलमा सेन्टर परे तापनि उच्च माध्यमिक परीक्षा विद्यार्थीहरूले आफ्नै स्कुलमा दिन पाउनेछन्। यसैले स्कुलमा सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्था, ठुलो आवाजमा माइक बजाउन नपाउने आदि विषयमा प्रशासनले विशेष ध्यान राख्नुपर्ने माग गर्दै आज 32 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसको तर्फबाट एनजेपी थानामा ज्ञापन पत्र चढाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *