34 घर परिवार गोरामुमोमा सामेल

सोनादा: गोरामुमो खरसाङ ब्राञ्च कमिटी अनि गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीको आयोजनामा सोनादा टुङ समष्टि अनि रंगबुल धोतरिया रंगबुक समष्टिको संयुक्त साङ्गठनिक सभा सोनादा न्यु लाईट क्लबमा सम्पन्न भयो। रंगबुल धोतरिया रंगबुक समष्टि युवा मोर्चा अध्यक्ष उत्तम राईको अध्यक्षतामा सम्पन्न सभामा खरसाङ ब्राञ्च अनि दार्जिलिङ ब्राञ्चका विभिन्न शाखाहरुबाट मोठ 34 घर परिवार गोरामुमोमा सामेल भए। महेन्द्र छेत्री , निमा लामा अनि अजय एड्वर्डले ती नयाँ सदस्यहरुलाई खदा लगाइ दिएर दलीय झण्डा प्रदान गर्दै पार्टीमा स्वागत जनाए। यस अवसरमा आफ्नो सम्बोधनमा केन्द्रीय प्रवक्ता महेन्द्र छेत्रीले भने, आउदो बिधान सभा चुनाउमा बङ्गाल पन्थी पार्टीलाई चुनाउ जिताउनु भनेको जाति र माटोको हार हुनु हो। यसकारण मुद्दा बोकेको पार्टीलाई जिताउनु जरुरी छ।


सभामा गोरामुमो केन्द्रीय कमिटी प्रवक्ता महेन्द्र छेत्री, खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, एचपीडब्लूयु केन्द्रीय अध्यक्ष डीके गुरुङ, उपाध्यक्ष किशोर कार्की, सचिव युद्ध छेत्री, गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्ड, ब्राञ्च प्रवक्ता प्रमोस्कर ब्लोनगोरामुमो केन्द्रीय सदस्य बीके राई, अरुण राई, केबी गुरुङ, बिरेन लामा, खरसाङका युवा मोर्चा अध्यक्ष संजोक गुरुङ, दार्जिलिङका युवा मोर्चा अध्यक्ष सुरज कटुवल, सचिव संजय खवास, नगेन्द्र गोर्खा लगायत अन्यको उपस्थित रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *