34 नम्बर वार्डका को-अर्डिनेडरद्वारा सफाई कर्मीहरूलाई रेन कोट वितरण

सिलगढी :  सिलगढी नगरनिगमको 34 नम्बर वार्डका को-अर्डिनेटर गोपाल रायले आज सफाई कर्मीहरूलाई रेन कोट प्रदान गरे। तिनले आज आफ्नो घरमा एउटा कार्यक्रमको माध्यमद्वारा 38 जना सफाई कर्मीहरूलाई रेन कोट प्रदान गरे। वर्षाको समयमा इलाकाको सफाई कार्य बाधित नहोस् साथै नागरिक परिसेवा सुचारू रहोस् भन्ने उद्देश्य लिएर तिनले सफाई कर्मीहरूलाई रेन कोट वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *