34 नम्बर वार्ड तृणमूल महिला कङ्ग्रेस-द्वारा निःशुल्क आँखा जाँच शिविर

सिलगढी : श्रमिक दिवसको अवसरमा सिलगढीको 34 नम्बर वार्ड तृणमूल महिला कङ्ग्रेसको पहलमा आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा इलाकाका 150 जना मानिसहरूले आफ्नो आँखा जाँच गराए भने तिनीहरूलाई निःशुल्क औषधि पनि प्रदान गरियो। यसको साथै मोतीबिन्द भएका रोगीहरूको अपरेसन गरिदिने व्यवस्था पनि गरिदिएको छ। यस अवसरमा सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार, वार्ड सभापति अरूप चक्रवर्ती उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.