350 गोरामुमो परिवारले समाते गोजमुमो विनय पन्थीको झण्डा 

मिरिक : गोजमुमो अध्यक्ष विनय तामाङ अनि महासचिव तथा जीटीए अध्यक्ष अनित थापाको `नयाँ सोँच नयाँ विचार´लाई आत्मसात् गर्दै अन्य राजनीतिक पार्टीहरू त्यागेर समर्थन जनाउने क्रम जारी रहेको देखिन्छ। यसै क्रममा आज एउटा कार्यक्रमबीच दार्जिलिङ जिल्लाको पोख्रेबुङ चामुङ समष्टिको गोरामुमो 350 घर परिवारले गोजमुमो विनय पन्थीलाई समर्थन जनाएको छ। यसैगरी, हिजो सुकना क्षेत्रको पानीघट्टाबाट पनि गोरामुमो 45 घर विनयपन्थी गोजमुमो सामेल भएको छ। पार्टी सूत्रले दिएको जानकारी अनुसार चामुङ समष्टिको गोरामुमो नेता नवल बमेजनको नेतृत्वमा आज गोरामुमो 350 घर परिवारका सदस्यहरूले आफ्नो पार्टी त्यागेर गोजमुमोमा सामेल भएका छन्। तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाउँदै गोजमुमो अध्यक्ष विनय तामाङले पार्टीको झण्डा प्रदान गरे।


यस अवसरमा विनय तामाङले पत्रकारहरूलाई बताए अनुसार शुरूमा केही महिनासम्म पहाड़का मानिसहरूले `नयाँ सोँच नयाँ विचार´लाई राम्ररी नबुझेर विरोध जनाए तापनि हाल यसलाई आत्मसात् गरेर प्राय: दिनहुँ जसो विभिन्न ठाउँहरूबाट पार्टी छोड़ेर गोजमुमोमा सामेल हुने क्रम जारी रहेको छ। गोजमुमो कालेबुङ समितिको आय़ोजनामा सीएए अनि एनआरसी-को विरोधमा आगामी 12 जनवरीको दिन पेदोङ खेल मैदानदेखि कालेबुङको मेला ग्राउण्डसम्म एउटा विराट ऱ्याली निकालिइने भएको तिनले जानकारी दिएका छन्। आज यहाँको पोख्रेबुङ बस्तीमा आयोजित सप्त पुराणमा पनि विनय तामाङ उपस्थित भएर पुजा-अर्चना गर्नको साथै तिनले आशीर्वाद लिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *