35औँ राजगञ्ज ब्लक भावया सङ्गीत प्रतियोगिताको आयोजना

राजगञ्ज : राजगञ्जमा 35औँ राजगञ्ज ब्लक भावया सङ्गीत प्रतियोगिताको आयोजना गरियो। पश्चिम बंगाल पछौटे वर्ग कल्याण विभागको पहलमा आज राजगञ्ज बीडीओ कार्यालयको कन्याश्री भवनमा उक्त प्रतियोगिता आयोजना गरिएको छ। जलपाईगढी जिल्ला परिषद अध्यक्ष कृष्णा राय बर्मन, डीपीएससीका चेयरम्यान लक्ष्यमोहन राय, बीडीओ प्रशान्त बर्मनले दीप प्रज्ज्वलन गरेर उक्त प्रतियोगिताको उद्घाटन गरे। आज दरिया र चटका विभागमा धेरैजना प्रतियोगीहरूले अंश ग्रहण गरेका छन्। उक्त प्रतियोगितामा प्रथम, द्वितीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई पुरस्कृत गरिनेछ। यस अवसरमा राजगञ्ज पञ्चायत समिति अध्यक्ष रूपाली दे सरकार, उपाध्यक्ष कविता छेत्री शैव, जिल्ला परिषद सदस्य रणबीर मजुमदार, उत्तरा बर्मन, सरबानी धारा, अरिन्दम ब्यानर्जी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *