35 परिवार गोजमुमो बिमल खेमामा सामेल

मिरिक : गोजमुमो बिमल खेमाको चुनावी प्रचार क्रममा पानीघट्टामा गोरामुमो र गोजमुमो दुई समर्थकहरू आज बिमल खेमा गोजमुमोमा सामेल भएका छन्। पानीघट्टा तराइका 35 घर परिवारले समर्थन जनाएको सुकना पानीघट्टा एक गोजमुमो अध्यक्ष रमेस श्रेष्ठले जानकारी दिएका छन्। मिलन वाईबाको नेतृत्वमा 35 घर परिवारले गोजमुमो बिमल गुरूङ खेमाको झण्डा थापेको जानकारी दिँदै चुनाउको नजिकै यसरी समर्थकहरूले पार्टी छोड्दा विनय खेमा गोजमुमो र जीएनएलएफ पार्टीलाई झटका लागेको बताइएको छ। खरसाङ विधानसभा क्षेत्रका बिमल खेमाका उम्मेद्वार नर्बुजी लामा, सुकना पानीघट्टा समष्टि एक अध्यक्ष रमेश श्रेष्ठ, पानीघट्टा शाखा अध्यक्ष कुमार खवास आदिको बाहुलीबाट तिनीहरूलाई पार्टीको झण्डा प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *