36औँ फुल उत्सव 13 फरवरीदेखि सिलगढीमा शुरू

सिलगढी : उत्तर पूर्व भारतको सबैभन्दा ठुलो फुल उत्सव आगामी 13 फरवरीदेखि शुरू हुने भएको छ। उक्त 36औँ फुल उत्सव सिलगढीको कञ्चनजङ्घा स्टेडियम मैदानमा आयोजना गरिने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी हर्टिकल्चर सोसाइटीका अध्यक्ष नान्टु पाल एवम् महासचिव प्रशान्त सेनले उक्त फुल उत्सवमा मोठ 83 वटा स्टल लगाइने जसमध्ये पहाडबाट मोठ 38 एवम् समतलबाट मोठ 40 वटा स्टल लगाइने छ। यसबाहेक उत्तर बङ्गको स्टबेरी खेती, फुल खेतीबारे एउटा सेमिनारको पनि आयोजना गरिने तिनले बताए। आगामी 17 फरवरीसम्म चल्ने उक्त फुल प्रदर्शनीको उद्घाटन कार्यक्रममा राज्यका पर्यटन मन्त्री गौतम देव, उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोष, बङ्गरत्न प्राप्त भारती घोषलगायत अन्य शीर्ष व्यक्तिहरूको उपस्थिति रहने बताइएको छ। पाँच दिन व्यापी उक्त मेला अवधि विविध सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *