36 नम्बर वार्डका तृणमूल प्रार्थी रञ्जन शील शर्माको समर्थनमा पापिया घोषले गरिन् चुनाउ प्रचार

सिलगढी :  सिलगढी नगरनिगम चुनाउमा मात्र दुई दिन रहेको छ। यसैले सबै राजनैतिक पार्टीहरू चुनाउ प्रचार गर्नमा व्यस्त छन्। यसै क्रममा सिलगढीको 36 नम्बर वार्डका तृणमूल प्रार्थी रञ्जन शील शर्माको समर्थनमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोषले आज चुनाउ प्रचार गरिन्।


तृणमूल प्रार्थी रञ्जन शील शर्माको समर्थनमा आज बिहान आसिघर जयकान्त स्कुलबाट एउटा र्‍याली निकालेर वार्डको विभिन्न इलाकाको परिक्रमा गरियो। उक्त र्‍यालीमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोष, प्रार्थी रञ्जन शील शर्मा लगायत पार्टीका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *