37 नम्बर वार्डका मानिसहरूलाई लिएर वनभोजको आयोजना

राजगञ्ज : सिलगढी नगरनिगमको 37 नम्बर वार्डका मानिसहरूलाई लिएर वार्ड पार्षद रञ्जन शीलशर्माले आज वनभोजको आयोजना गर्यो। आज राजगञ्जको आमबाड़ी फरेस्ट गेस्ट हाउसमा उक्त वनभोजको आयोजना गरियो। वार्डका सबै धर्मावलम्बीहरूले उक्त वनभोजमा सामेल भएर यसको आनन्द उठाए भने वनभोज अवधि विभिन्न कार्यक्रमहरूको पनि आयोजना गरियो। यसको साथै वृद्धाहरूलाई पवित्र धर्मग्रन्थ गीता प्रदान गरियो। रञ्जन शीलशर्माले धेरै वर्ष अघिदेखि इलाकाका मानिसहरूलाई लिएर प्रत्येक वर्ष वनभोजको आयोजना गर्दै आइरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *