385 ग्राम ब्राउन सुगरसहित एकजना पक्राउ

मालदा इङ्ग्लिश बजार पुलिसले 385 ग्राम ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक 30  वर्षीय इस्माइल शेखको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार इङ्ग्लिश बजार पुलिसले गोप्य सूचनाको आधारमा मालदा सहरको गौड़कन्या बस टर्मिनस इलाकामा अभियान चलाएर 385 ग्राम ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको बजार मूल्य 3 लाख रुपियाँभन्दा अधिक रहेको छ। सोधखोजको लागि आरोपी युवकलाई सात दिनको पुलिस रिमान्डमा राख्ने माग गर्दै आज मालदा जिल्ला अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *