3 वर्षीय बालिकासित दुष्कर्म गरेको आरोपमा ट्रक चालक पक्राउ

फाँसीदेवा : फाँसीदेवाको घोषपुकुरमा 3 वर्षीय बालिकासित दुष्कर्म गरेको आरोपमा एकजना ट्रक चालकलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति वर्द्धवान निवासी सुबल मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति 3 वर्षीय नानीलाई रक्ताम्मे अवस्थामा देखेपछि आमाले घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फाँसीदेवा पुलिस तथा घोषपुकुर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त नानीलाई उद्धार गरेर उपचारको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै ट्रक चालकलाई पनि पक्राउ गरेको छ। स्थानीय मानिसहरूको आरोप अनुसार बालिकामाथि निर्मम यातना तथा दुष्कर्म गरेको हो। आरोपी व्यक्तिलाई कठोर सजाय दिनुपर्ने स्थानीय मानिसहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *