3 करोड़ रुपियाँको ब्राउन सुगर सहित एकजना पक्राउ

सिलगढी : दीपावली अघि स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले 3 करोड़ रुपियाँको ब्राउन सुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति मालदा निवासी विकास मण्डलको रूपमा चिन्हित गरिएको छ। एसओजी सूत्रले दिएको जानकारी अनुसार आज मालदाबाट सिलगढीको भक्तिनगर थाना अन्तर्गत 31 नम्बर राष्ट्रिय राजमार्गको शहिद नगर मोड़ संलग्न गाँधी नगर नजिक ब्राउन सुगरको डिलेभरी गरिने खबर पाएपछि एसओजीले भक्ति नगर थानाको साथमा संयुक्त अभियान चलाएर सन्देहको आधारमा एकजना व्यक्तिलाई पक्रेर छानबीन गर्दा एक प्याकेट ब्राउन शुगर उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको ओजन एक किलो 500 ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य 3 करोड़ रुपियाँ आँकेको छ। एसीपी मनीष यादवको उपस्थितिमा कानुनी कार्वाही गर्दै आरोपी विकाश मण्डललाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिलाई भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *