3 करोड़ रूपियाँको  हेरोइन र नशालु ट्याबलेट सहित सिलगढीबाट दुई जना अन्तर्राष्ट्रीय मादक तस्कर पक्राउ

सिलगढी: केन्द्रीय राजस्व खुफिया निदेशालय (डीआरआई) को टोलीले अभियान चलाएर धेरै मात्रामा हेरोइन अनि नशालु ट्याबलेट सहित दुई जना अन्तर्राष्ट्रीय मादक तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा एमडी रियाजुद्दीन (42) र अब्दुल रशीद  (53) सामेल छन्। तिनीहरूमा एमडी रियाजुद्दीन मणिपुर अनि अब्दुल रशीद असम निवासी रहेको थाहा लागेको छ। जानकारी अनुसार आज यी दुवैजनालाई डीआरआई-को टीमले सिलगढीको जंक्शन तेञ्जिङ नर्वे बस स्ट्यान्डमा घुमिरहेको देखेपछि सन्देहको आधारमा हिरासतमा लिएर कार्यालयमा लगे। त्यहाँ खोजबीन गर्दा तिनीहरूको ब्यागमा राखेको दुई वटा प्याकेटबाट 550 ग्राम हेरोइन अनि 10 हजार वटा नशालु ट्याबलेट उद्धार गरेको छ, जसको मूल्य लगभग 3 करोड रूपियाँ रहेको छ। यसपछि डीआरआई-ले यी दुवै आरोपीलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरे। जहाँ न्यायाधीशले तिनीहरूलाई 14 दिनको लागि न्यायिक हिरासतमा राख्ने निर्देश दिएको बताइएको छ।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *