3 फरवरीदेखि स्कुलहरू खोल्ने भएकोले सिलगढीको विभिन्न स्कुलहरूमा तयारी शुरू

सिलगढी : राज्यमा 3 फरवरीदेखि सबै स्कुल-कलेजहरू खोलिने भएको छ। यसैले विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर सिलगढीको विभिन्न स्कुलहरूले कोभिडको नियमहरू पालन गर्दै स्कुल खोल्ने तयारी शुरू गरेको छ। आज बिहान सिलगढीको विभिन्न स्कुलहरूमा सेनिटाइजेसनको काम शुरू गरियो। सिलगढीको नेताजी बोइज हाई स्कुल र तराई तारापद आदर्श विद्यालयमा सेनिटाइजेसन गरियो। तराई तारापद आदर्श विद्यालयका प्रधानाध्यापक अशोक कुमार नाथले स्कुलहरू खोल्ने निर्णयको सराहना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *