3 फरवरीदेखि खोलिनेछ राज्यका पर्यटन केन्द्रहरू

सिलगढी : एक महिना बन्द रहेपछि आगामी 3 फरवरीदेखि राज्यको पर्यटन केन्द्र खोलिने भएको छ। राज्य सरकारले हिजो पर्यटन केन्द्रहरू खोल्ने घोषणा गरेपछि डुवर्सका विभिन्न पर्यटनका केन्द्रका व्यवसायीहरूले राहतको श्वास फेरेका छन्। पर्यटनको मौसममा पर्यटन केन्द्रहरू बन्द रहेकोले यससित सम्बन्धित व्यवसायीहरूलाई निक्कै नोक्सान भइरहेकोले विभिन्न पर्यटन संस्थाको तर्फबाट राज्य सरकारलाई पर्यटन केन्द्रहरू खोल्ने आवेदन गरेका थिए। उक्त आवेदन अनुसार राज्य सरकारले हिजो पर्यटन केन्द्रहरू खोल्ने घोषणा गरेपछि पर्यटन व्यवसायीहरू निक्कै खुसी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *