3 लाख रुपियाँको अवैध रम-रक्सी सहित 2 जना पक्राउ

बाघडुग्रा : फाँसीदेवा थाना अन्तर्गत घोषपुकुर आउटपोस्ट पुलिसले अन्य राज्यमा तस्करी गर्ने उद्देश्यले लगिरहेको समय धेरै मात्रामा रम-रक्सी उद्धार गर्नको साथै 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरू सिलगढीको भक्तिनगर इलाका निवासी सन्दीप महतो र मिनाजुल रहमानको रूपमा चिन्हित गरिएको छ। गोप्य सूत्रको आधारमा पुलिसले घोषपुकुर टोल प्लाजा अघि गाईको चारो बोकेको एउटा पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा 1,657 बोतल रम-रक्सी उद्धार गरेको बताइएको छ। गाईको चारो बोकेको बोराको मुनि लुकाएर उक्त रम-रक्सी लगिरहेको थियो। पुलिसले पिकअप भ्यान चालक र खलासीलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त रम-रक्सी एनजेपीबाट बिहारको पुर्णिया लैजाने उद्देश्यले लगिरहेको थियो भने उद्धार गरेको रम-रक्सीको अनुमानित बजार मूल्य लगभग 3 लाख रुपियाँ रहेको छ। पक्रा परेका दुईजना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *