34 वटा सुगासहित दुईजना पक्राउ

राजगञ्ज : बेलाकोवा रेञ्जका वन कर्मीहरूले 34 वटा सुगा सहित दुईजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी जिल्ला अदालतमा पेश गर्यो। पक्रा परेकाहरू बिहार निवासी क्रमैले नुरशेद सिकारी (25) र मोहम्मद मुस्तार (30) सामेल छन्। बेलाकोवा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा फुलबारीमा अभियान चलाएर 34 वटा सुगा सहित दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार विधाननगर संलग्न बिहार बर्डर इलाकाको एउटा मेलामा अवैध रूपमा सुगा बिक्री गरिरहेको गोप्य सुइँको पाए। उक्त सुगाहरू फुलबारी हुँदै अन्य ठाउँमा लैजाने योजना रहेको थियो। यसैको आधारमा वन कर्मीहरूले फुलबारी इलाकामा अभियान चलाएर सुगाहरू सहित दुईजना युवकलाई पक्राउ गरे। पक्रा परेका युवकहरूसित सोधखोज गर्दा उक्त सुगाहरू नक्सलबारीबाट फुलबारी हुँदै विधाननगर-बिहार सीमा संलग्न एउटा मेलामा बिक्री गर्ने योजना रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *