40 लाख रुपियाँको अवैध विदेशी सिगरेटसहित एकजना पक्राउ

अलिपुरद्वार : तस्करी गर्न अगावै असम-बङ्ग्लादेश सिमानाको पाकरीगढीबाट बारोबिसा आउटपोस्ट पुलिसले अवैध रूपमा एउटा कन्टेनरमा लोड गरेको विदेशी सिगरेटसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार विदेशी सिगरेटले भरिएको एउटा कन्टेनर आज दिउँसो असमबाट बङ्ग्लादेश प्रवेश गरिरहेको समय पुलिसले रोकेर छानबीन गर्दा 16 हजार 930 प्याकेट सिगरेट उद्धार गरेको छ। यसको साथै घटनामा चालक भोगेन्द्र यादवलाई पनि पक्राउ गरेको छ। जफत गरेको सिगरेटको अनुमानित बजार मूल्य 40 लाख रुपियाँ रहेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई भोलि शनिबार अलिपुरद्वार अदालतमा पेश गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *