40 लाख रुपियाँको बर्मा टिक काठ सहित एकजना व्यक्ति पक्राउ

सिलगढी : बैकुण्ठपुर वन विभागको सालुगढा रेञ्जका वनकर्मीहरूले 40 लाख रुपियाँ मूल्यको चोरीको बर्मा टिक काठ सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा आज बिहान बैकुण्ठपुर वन विभागले सालुगढा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा फुलबारी बाइपास संलग्न इलाकामा अभियान चलाएर एउटा काठ बोकेको लरीलाई रोकेर छानबीन गर्दा बाँस मुनि लुकाएर राखेको बर्मा टिक काठ उद्धार गर्नको साथै लरी चालक आफतार सिंहलाई पक्राउ गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार म्यानमारदेखि मणिपुर हुँदै उक्त काठ ल्याइरहेको थियो। जफत गरेको काठको अनुमानित बजार मूल्य 40 लाख रुपियाँ रहेको छ भने वन विभागले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *