40 लिटर देशी रम-रक्सी सहित एकजना पक्राउ

सिलगढी : क्साइज डिपार्टमेन्टले देशी रम-रक्सी सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति कालु साइबोको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति कालु साइबोले सालुगढाबाट देशी रम-रक्सी लिएर गइरहेको एक्साइज डिपार्टमेन्टले सुइँको पाएपछि अभियान चलाएर 40 लिटर देशी रम-रक्सी सहित कालु साइबोलाई पक्राउ गरेको बताइएको छ। यसपछि एक्साइज डिपार्टमेन्टले पक्रा परेका व्यक्तिलाई भक्ति नगर थानालाई सुम्पिदिए। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *