40 वटा गाई-गोरू सहित दुईजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले बङ्ग्लादेशमा तस्करी गर्न अगावै 40 वटा गाई-गोरू सहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिहरू क्रमैले करण चौहान र रफिकुलको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले गत राति फुलबारी टोल गेटमा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 40 वटा गाई-गोरू उद्धार गरेको बताइएको छ।


घटनामा दुईजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार जफत गरेको उक्त 40 वटा गाई-गोरू बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *