41 नम्बर वार्डका भाजपा प्रार्थी जुली तामाङको समर्थनमा राजु विष्टले गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउको लागि 41 नम्बर वार्डका भाजपा प्रार्थी जुली तामाङको समर्थनमा आज दार्जिलिङका सांसद राजु विष्टले चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले आज बिहान 41 नम्बर वार्डका मानिसहरूसित कुराकानी गर्नको साथै तिनीहरूको विविध समस्याहरू सुने। यसको साथै तिनले वार्डवासीहरूलाई भाजपा प्रार्थी जुली तामाङको पक्षमा मतदान गर्ने अपील पनि गरे। उक्त इलाकाको मुख्य समस्या पिउने पानी र डम्पिङ ग्राउण्डको समस्या रहेकोले इलाकावासीहरूले आज सांसद विष्टलाई यसबारे अवगत गराए। यदि इलाकावासीहरूले 5 वर्षको लागि भाजपा पार्टीलाई मौका दिए सबै समस्याहरूको समाधान गरिदिने तिनले आश्वासन दिए। भगवानले आफ्नो प्रार्थना सुनेकोले गर्दा नै आफूहरूले चुनाउ प्रचारको लागि समय पाएको तिनले बताए। आगामी 12 फरवरीको दिन चुनाउ सम्पन्न हुने भएकोले नगरनिगम चुनाउमा भाजपाले निश्चय जीत हासिल गर्ने तिनले दावी गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *