42 नम्बर वार्ड तृणमूल प्रार्थी हिस्से भुटिया र 46 नम्बर वार्डका भाजपा प्रार्थी मालती रायको नामाङ्कन रद्द

सिलगढी : सिलगढीको 42 नम्बर वार्डबाट तृणमूल प्रार्थीका रूपमा मनोनयन पत्र बुझाएका हिस्से भुटियाको नामाङ्कन पत्र रद्द भएको छ। अब उक्त वार्डबाट तृणमूल कङ्ग्रेसको तर्फबाट शोभा सुब्बाले चुनाउ लड्नेछिन्। स्मरण रहोस्, हिस्से भुटियाको कास्ट सर्टिफिकेटलाई लिएर अगावै केही समस्या हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर पार्टीको तर्फबाट डोमी क्यान्डिडेटको रूपमा शोभा सुब्बाले पनि मनोनयन पत्र बुझाएकी थिइन्।


अर्कोतिर, 46 नम्बर वार्डका भाजपा उम्मेद्वार मालती रायको नामाङ्कन पनि कास्ट सर्टिफिकेटलाई लिएर समस्या देखेपछि रद्द गरिएको छ। अब 46 नम्बर वार्डमा भाजपाले निर्दलीय उम्मेद्वारलाई समर्थन गर्ने भाजपा नेता तथा विधायक आनन्दमय बर्मनले जानकारी दिएका छन्। यसको साथै तिनले बताएअनुसार उक्त विषयलाई लिएर भाजपाले हाई कोर्टमा मामिला दर्ता गर्ने भएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *