46औँ स्थापना दिवसको अवसरमा बीपीएल-द्वारा ग्राहकहरूका लागि दुईवटा नयाँ सेवा शुरू

सिलगढी: भारत पेट्रोलियम (बीपीएल) ले आफ्नो यात्राको आज 46औं वर्ष पूरा गरेको अवसरमा सिलगढीको सालबारास्थित भारत पेट्रोलियमको हिल भ्यू पेट्रोल पम्पमा एउटा कार्यक्रमको आयोजना गऱ्यो। यस अवसरमा यू फिल अनि आईपीएस नाम गरेको दुईवटा  नयाँ परिसेवा साधरण मानिसहरूका लागि शुरू गरेको छ। यी दुई परिसेवा शुरू भएपछि अब ग्राहकहरूले धेरै सुविदा प्राप्त गर्न सक्ने बताइएको छ। यस कार्यक्रममा मुख्य अतिथिका रूपमा नेशनल टेबल टेनिस च्याम्पियन मन्तू घोष उपस्थित थिए। भारत पेट्रोलियमका अधिकारीद्वारा मन्तू घोषलाई विशेष रूपले सम्मानित गरियो। यस वाहेक सिलगढीका भारत पेट्रोलियमको सबैभन्दा भरोसालाग्दो ग्राहक अनि राम्रो परिसेवा दिने पम्प डिलरहरूलाई पनि सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *