सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्ड अन्तर्गत दार्जिलिङ मोड़ संलग्न ग्यास गोडाउन इलाकाका लगभग 2 सयजना छठव्रतिहरूलाई तृणमूल कांग्रेस नेता दिलीप बर्मनको सहयोगमा पुजा सामग्रीहरू वितरण गरियो। आज लगभग 2 सयजना श्रद्धालुहरूलाई पुजन सामग्रीहरू जस्तै सुप, फल र साड़ी वितरण गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकार, युवा अध्यक्ष कुन्तल राय, तृणमूल नेता वेदब्रत, निखिल सहनी, एसजेडीएका भाइस चेयरम्यान नान्टु पाल, गोपाल साहा र दिलीप बर्मन लगायत अन्य तृणमूल नेताहरू उपस्थित थिए।